Like us!
Follow us!
Connect us!
Watch us!

तरलता सुध्रिँदै, ब्याजदर अझै घट्छ : अध्यक्ष, बैंकर्स संघ

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, १७ : ३५ मा प्रकाशित

तरलता सुध्रिँदै, ब्याजदर अझै घट्छ : अध्यक्ष, बैंकर्स संघ

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले तरलता सहज हुँदै गएको बताएका छन् । आज संघले आयोजना गरेको पत्रकार सम्मेलनको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क एवमं अन्य इन्डिकेटरहरू पोजेटिभ रहेको उदाहरण दिँदै उनले अहिले तरलताको स्थिती सहज हुुँदै गएको बताए । अबको २ महिनामा २ सय अर्ब डिपोजिट बढ्ने अपेक्षा गरिएको समेत उनले बताए । यद्यपी सरकारको राजश्व संकलन न्यून रहेको लगायतका कुराहरूले फेरि तरलताको अभाव हुने सम्भावना नआउला भन्न नसकिने उनले बताए ।

वैशाखको एभरेज बेस रेट १० दशमलव २७ प्रतिशत रहेको र बेस रेट अझै घट्दै जाने अनुमान गरिएको छ । पछिल्लाे ३ महिनाकाे एभरेज बेस रेट १० दशमलव ४६ प्रतिशत रहेकाे छ ।  कुराकानी कै क्रममा उनले ब्याजदर अझै घट्दो क्रममा रहेको समेत बताए । ब्याजदर अझै घट्ने संकेत पनि उनले दिए । राष्ट्र बैंकले असार मसान्तसम्म स्प्रेडदर ४ प्रतिशतमा घटाउने नीति लिएको हुँदा कर्जाको ब्याजदर घट्ने देखिएको उनले बताएका छन् ।

खराब कर्जा पनि अब कम हुने संघको अपेक्षा छ । पछिल्लो नीतिले खराब कर्जा नबढ्ने देखिएको संघको निष्कर्स छ । बैंकहरूको कर्जा विस्तार भन्दा निक्षेप बढीरहेको र सीडी रेसियो पनि ८४ प्रतिशतमा घटिसकेको हुँदा अब समस्या नहुने देखिएको संघले जनाएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको