Like us!
Follow us!
Connect us!
Watch us!

तरलतामा सुधारको संकेत : निक्षेप बढ्याे, सीडी रेसियो ८४.९२ प्रतिशत

अर्थ संसार

शुक्रबार, ०५ जेठ २०८०, १२ : २० मा प्रकाशित

तरलतामा सुधारको संकेत : निक्षेप बढ्याे, सीडी रेसियो ८४.९२ प्रतिशत

तरलतामा सुधारकाे संकेत देखिएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार निक्षेप बढ्दा सीडी रेसियो पनि घटेकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ ३ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५४ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जेठ २ गते, मंगलबारसम्म बैंकहरूकाे निक्षेप ५४ खर्ब ८४ अर्ब रूपैयाँ रहेकाे थियाे । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ४ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ४ अर्बले नै बढेर ४८ खर्ब ३८ अर्ब पुगेकाे छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी भने ४२ खर्ब ९४ अर्ब रूपैयाँमा स्थिर रहेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४८ खर्ब ४५ अर्ब रूपैयाँ छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८४.९८ प्रतिशतबाट घटेर ८४.९२ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा स्थिर रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको