Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने

अर्थ संसार

बुधबार, ०४ माघ २०७९, १० : २५ मा प्रकाशित

रिडी पावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने

रिडी पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीकाे आज माघ ४ गते बुधबार बिहान बसेको सञ्चालक समितिकाे बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले १ः०.५० को अनुपातमा १०० अंकित दरका ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मे.वाट क्षमताको तल्लो वलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वः पूँजी व्यवस्थापन गर्न कम्पनीको बाेनस सेयर वितरण पश्चात् कायम हुने १ कराेड ५४ लाख ८९ हजार १२ कित्ता सेयरको ५० प्रतिशत अर्थात १:०.५० को अनुपातमा १०० अंकित दरका ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय भएकाे हाे ।

सञ्चालक समितिले प्रस्ताव गरेकाे हकप्रद सेयर नियमनकारी निकाय विद्युत नियमन आयोगको पूर्व स्वीकृतिका लागि पेश गरी सहमति प्राप्त भएपछि र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिको लागि पेश भई हकप्रद सेयर जारी तथा निष्कासनको स्वीकृति प्राप्त भएपश्चात् मात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिनेछ ।

सूचना हेर्नुहाेस् :

63c778b4f2624.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको