Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको बोनस सूचिकृत, हेर्नुस् कुनको कति ?

नेप्से

बुधबार, ०४ माघ २०७९, १५ : ०६ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको बोनस सूचिकृत, हेर्नुस् कुनको कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) विभिन्न ३ वटा कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार मेगा बैंक नेपाल लिमिटेडकाे ४ प्रतिशत बोनस बापतको ६४ लाख ४८ हजार एक सय ८४ दशमलव ५८ कित्ता सेयर सूचिकृत भएको हो ।

यसका साथै, रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ४ लाख ४८ हजार ४ सय ७६ दशमलव ०५ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड​काे ७.४४२५ प्रतिशत बोनस बापतको १५ लाख ५१ हजार २ सय कित्ता सेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको