Like us!
Follow us!
Connect us!
Watch us!

स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ्ग र डिएचआईबीच व्यापार सम्झौता

अर्थ संसार

विहीबार, ०५ माघ २०७९, १६ : २० मा प्रकाशित

स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ्ग र डिएचआईबीच व्यापार सम्झौता

 नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएको डिएचआईले ताइवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ्गसँग सम्झौता गरेको छ ।

गुणस्तरिय विधुतिय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि कम्पनीले स्यान्डमार्टिनसँग सम्झौता गरेको जनाएको छ । योसँगै अब स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ्गले डिएचआईको टेक्नोलोजी पार्टनरको रुपमा काम गर्नेछ । 

सम्झौता पश्चात नेपालमा विधुतिय उपकरण निर्माणको गति लाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको कम्पनीले जनाएको छ । ।

डिएचआईले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ । नेपाली वजारमा लामो समयदेखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यस कम्पनीले हाल सम्पुर्ण विधुतिय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको छ ।

63c91dc8194b8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको