Like us!
Follow us!
Connect us!
Watch us!

अनाधिकृत व्यक्तिबाट कार्य सञ्चालन भएकाे समाचारप्रति नेप्से कर्मचारी संघको ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग

अर्थ संसार

विहीबार, ०५ माघ २०७९, १७ : २२ मा प्रकाशित

अनाधिकृत व्यक्तिबाट कार्य सञ्चालन भएकाे समाचारप्रति नेप्से कर्मचारी संघको ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग

नेप्से कर्मचारी संघले एक प्रेस विज्ञप्ति सिार्वजनिक गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले अनाधिकृत व्यक्तिबाट कार्य सञ्चालन गराएका समाचारप्रति गम्भिर ध्यानाकर्षण जनाएकाे छ ।

कर्मचारी संघले केही दिन अघि विभिन्न सञ्चार माध्यममा आएको समाचार नेप्सेका प्रमुख कार्यकारी अधिकृतले अनाधिकृत व्यक्तिलाई कार्यालयमा प्रवेश गराई दैनिक कार्य सञ्चालन गराउदै आएको विषयप्रति ध्यानाकर्षण जनाएकाे हाे । 

संघले यस घटनाको सम्बन्धित निकायबाट निष्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषिलाई कडा कारबाहीको माग गरेकाे छ ।

संघकाे विज्ञप्तिमा भनिएकाे छ, "केही दिन अघि विभिन्न सञ्चार माध्यममा आएको समाचार नेप्सेका प्रमुख कार्यकारी अधिकृतले अनाधिकृत व्यक्तिलाई कार्यालयमा प्रवेश गराई दैनिक कार्य सञ्चालन गराउदै आएको बिषय प्रति नेप्से कर्मचारी संघको गम्भिर ध्यानाकर्षण भएको छ । यस घटनाको सम्बन्धित निकायबाट निष्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषिलाई कडा कारबाहीको जोडदार माग गर्दछौं ।"

विज्ञप्ति हेर्नुहाेस् :

63c92cc5a2f55.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको