Like us!
Follow us!
Connect us!
Watch us!

आयातमा नगद मार्जिनको व्यवस्था हटाउँदा अर्थतन्त्र चलायमान हुने : चेम्बर

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, १७ : ०५ मा प्रकाशित

आयातमा नगद मार्जिनको व्यवस्था हटाउँदा अर्थतन्त्र चलायमान हुने : चेम्बर

नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र वैंकबाट एक वर्ष अघि देखिनै आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटाउन पैरवी गर्दै आई रहेको सन्दर्भमा हाल पूर्ण रुपमा नगद मार्जिनको व्यवस्था हटाएकोले अवका दिनमा अर्थतन्त्र चलायमान हुने छ भन्ने विश्वास लिएको छ । नेपाल चेम्बर अफ कमर्सद्धारा आयोजित "अर्थतन्त्र : अबको बाटो"  विषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा कार्यक्रमका प्रमूख अतिथि उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष निजी क्षेत्रका विद्यमान समस्या र सुझावबारे चेम्बरबाट सुझाव प्रस्तुत भएको र सोको लगत्तै नेपाल राष्ट्र बैंकबाट आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिएकोमा नेपाल चेम्बर अफ कमर्सले आभार व्यक्त गरेकाे छ ।  

नेपाल राष्ट्र बैंकबाट जारी भएको “चालु पुँजी कर्जा मार्गदर्शन २०७९” परिमार्जन गरि २०८२ असारसम्म पुर्याइएकोमा नेपाल चेम्बर अफ कमर्सले स्वागत गरेकाे छ । चालुपुँजी कर्जामा ठूला तथा साना दुवै खाले ऋणीहरुलाई  ४० प्रतिशत नै कायम गरिन र  डबल डिजिटको आर्थिक बिकास हाशिल गर्न सिंगल डिजिटको व्याजदर कायम हुनु पर्ने तर्फ पनि चेम्बरको विशेष आग्रह रहेको छ । 

तरलता व्यवस्थापनका लागि पूँजीगत खर्चमा वृद्धि तथा व्याजदर नियन्त्रण प्रभावकारी हुन सकेमा अर्थतन्त्रले गति लिने अपेक्षा समेत राखिएको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा हुन नसकेको पुँजिगत खर्चको ९०% देखि ९५% रकम बैंक तथा वित्तिय संस्था मार्फत परिचालन गर्न सकिएमा यसले बजारमा तरलताको अभाव हुन नदिन सहयोग पुग्ने देखिएकोले यस तर्फ पनि ध्यानाकर्षण गरेकाे छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको