Like us!
Follow us!
Connect us!
Watch us!

आज सेयर बजार बन्द

अर्थ संसार

आइतबार, ०८ माघ २०७९, १० : ३० मा प्रकाशित

आज सेयर बजार बन्द

आज (माघ ८ गते, आइतबार) सेयर बजार बन्द हुनेछ । सरकारले साेनाम ल्हाेसारकाे अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाे हुनाले आज सेयर बजार पनि बन्द हुने भएकाे हाे ।

कस्ताे थियाे गत साताकाे सेयर बजार ?

पछिल्लो समय सेयर बजारले सकारात्मक लय समातेको छ । नेप्से परिसूचसँगै दैनिक कारोबार रकम पनि बढ्दो क्रममा छ । गत साताकाे सेयर बजारकाे यात्राकाे कुरा गर्नु पर्दा आइतबार र सोमबार २ दिन बिदा परेको हुनाले यो साता ३ दिन मात्रै बजार खुलेको थियो । ३ काराेबार दिनमा २ दिन नेप्सेले उकालाे यात्रा तय गर्याे ।  बाँकी एक  दिन भने नेप्सेले ओरालो यात्रा तय गरेकाे थियाे । 

समग्रमा गत साता नेप्से परिसूचक २९.४२ अंकले बढेकाे छ । नेप्से २९.४२ अंकले बढेर २१७८.८१ विन्दुमा पुगेकाे छ । नेप्से १.३७ प्रतिशतले बढेकाे हाे ।

यसैगरी, गत साता काराेबार भएका कुल १३ उपसमूहमध्ये ३ वटा उपसमूहले आरालो यात्रा तय गरेका छन् । बाँकी १० वटा उपसमूह बढेकाे छ । बैंकिङ्ग समूह, व्यापार समूह र उत्पादन तथा प्रशाेधन समूह घटेकाे हाे । 

मंगलबार

मंगलबार नेप्से परिसूचक ३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा पुगेकाे थियाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.८१ अंकले बढेर ४१६.०६ विन्दुमा पुगेकाे थियाे । कूल २५० वटा कम्पनीकाे एक कराेड १८ लाख ८३ हजार २ सय ८७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५ सय ८७ रूपैयाँ बराबरको कारोबार भएकाे थियाे ।

बुधबार

बुधबार नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० विन्दुमा झरेकाे थियाे। यता सेन्सेटिभ परिसूचक पनि १.९३ अंकले घटेर ४१३.९० विन्दुमा झरेको थियाे । कूल २४८ वटा कम्पनीकाे एक कराेड ३३ लाख ४ हजार एक सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६ सय २ रूपैयाँ बराबरको कारोबार भएकाे थियाे ।

बिहीबार

बिहीबार नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा पुगेकाे थियाे । सेन्सेटिभ परिसूचक पनि १.१५ अंकले बढेर ४१५.०५ विन्दुमा पुगेकाे थियाे ।कूल २४६ वटा कम्पनीकाे ८२ लाख ४७ हजार ६ सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३ सय २९ रूपैयाँ बराबरको कारोबार भएकाे थियाे ।

सर्वाधिक कमाउने १० कम्पनी

गत साता ग्रीन भेञ्चर्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । त्यसपश्चात् धेरै कमाउने अन्य कम्पनीहरूमा क्रमश : पिपुल्स हाइड्राेपाववर कम्पनी लिमिटेड, बाराही हाइड्राेपार कम्पनी लिमिटेड, हिमालयन हाइड्राेपावर कम्पनी लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, बलेफी हाइड्रोपावर कम्पनी लिमिटेड, अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेड, हिमालयन उर्जा कम्पनी लिमिटेड र श्वेत गंगा हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । 

यसरी हेर्दा एउटा आईपीओबाट आएको लघुवित्त बाहेक सर्वाधिक कमाउने अन्य कम्पनीहरूमा सबै हाइड्रोपावर रहेका छन् । समग्रमा यो साता हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताहरूको आकर्षण बढेको थियो । 

सर्वाधिक गुमाउने १० कम्पनी

गत साता ग्रीन कुमारी धनवृद्धि याेजनामा लगानी गर्ने लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । त्यसपश्चात् धेरै गुमाउने अन्य कम्पनीहरूमा क्रमश : प्रभु सेलेक्ट फण्ड, प्राइम बैंक डिबेञ्चर २०८८, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड, कुमारी इक्विटी फण्ड, साल्ट ट्रेडिङ कर्पोरेशन, एनआईसी एशिया सेलेक्ट फण्ड र एनआईबीएल प्रगती फण्ड रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको