Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंककाे दाेश्राे त्रैमास अपडेट : खुद नाफासँगै बढ्याे ईपीएस, घट्याे वितरणयोग्य नाफा

अर्थ संसार

आइतबार, ०८ माघ २०७९, ११ : १५ मा प्रकाशित

एनएमबि बैंककाे दाेश्राे त्रैमास अपडेट : खुद नाफासँगै बढ्याे ईपीएस, घट्याे वितरणयोग्य नाफा

एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ९० करोड ११ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११.०८ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७१ करोड १५ लाख १९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

खुद व्याज आम्दानी

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ५७.२२ प्रतिशतले बढेर ४ अर्ब २६ करोड ९२ लाख ८८ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी २ अर्ब ७१ करोड ५५ लाख १६ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १२.२० प्रतिशतले बढेर २ अर्ब ७१ करोड ८६ लाख ६६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले २ अर्ब ४२ करोड २९ लाख ८७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।  

वितरणयोग्य मुनाफा

यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा भने २६.८१ प्रतिशतले घटेर ६३ करोड ९७ लाख ९७ हजार रुपैयाँ रहेको छ।

चुक्ता पुँजी

बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ रहेको छ ।

जगेडा कोष

जगेडा कोषमा ७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी ( ईपीएस)

बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) २० रूपैयाँ ७ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको