Like us!
Follow us!
Connect us!
Watch us!

छोरीको विवाहमा जीवन बीमा उपहार !

अर्थ संसार

सोमबार, ०९ माघ २०७९, १८ : ०६ मा प्रकाशित

छोरीको विवाहमा जीवन बीमा उपहार !

सुनसरी निवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छिन् । यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु लाइफ इन्स्योरेन्सको उक्त जीवन बीमा योजना उपहार दिएकी हुन् । 

आफ्नो छोरीको विवाहका अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको कमला राईले बताइन् । जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरिन् । 

कमला राई प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखा अन्तर्गत बीमा अभिकर्ता वरिष्ठ एजेन्सी म्यानेजर हुन् । "समाज परिवर्तन आफैबाट हुनुपर्छ", उनले जीवन बीमा पोलिसी हस्तान्तरण गर्दै भनिन् । 

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राई एवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो । 

जीवन बीमा उपहार प्रदान गरेकाेमा प्रदेश प्रमुख पुष्कर भट्टराईले बधाई तथा नयाँ संस्कारको सुरुवात गरिएकाेमा धन्यवाद व्यक्त गरे । धरान शाखा प्रमुख सन्तोष राईले जीवन बीमा गर्नलाई धेरै ठूलो आर्थिक स्रोत चाहिन्छ भन्ने हुन्न, भईरहेको आम्दानीबाट हुने खर्चलाई व्यवस्थापन गरेर पनि सहजै जीवन बीमा गर्न सकिने बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको