Like us!
Follow us!
Connect us!
Watch us!

होण्डाकाे आकर्षक अफर : १ रूपैयाँमा सर्भिसिङ्ग

अर्थ संसार

मंगलबार, १० माघ २०७९, ११ : २७ मा प्रकाशित

होण्डाकाे आकर्षक अफर : १ रूपैयाँमा सर्भिसिङ्ग

होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले आफ्नो बाईकहरु होण्डा साईन र होण्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजनाहरु लिएर आएको छ ।

योजना अनुसार, ग्राहकले अर्डर गरेका होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउनुहुनेछ । यदि उक्त समय भित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्नेछन्। यो छिटो सर्भिसको ग्यारेन्टी सहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको छ।

होण्डा ग्राजियाको योजनामा, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकहरुले केवल रु. १ मा ३ वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टस्‌को लाभ लिन सक्नेछन् । ग्राहकले एकदमै न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सर्भिस पाउन सक्नेछन्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको