Like us!
Follow us!
Connect us!
Watch us!

डब्ल्युएचओका महानिर्देशक नेपाल आउँदै

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १२ : ४८ मा प्रकाशित

डब्ल्युएचओका महानिर्देशक नेपाल आउँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा डब्ल्युएचओ का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले नेपाल आउन लागेका छन् । उनी वैशाख ८ गतेदेखि १० गतेसम्म नेपालको भ्रमण रहन श्राेतले जनाएको छ । 

महानिर्देशक डा.टेड्रोस सँगै डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जानकारी दियो ।

भ्रमणका क्रममा डा टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले परराष्ट्रमन्त्री डा.नारायण खड्का र स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडासँग पनि भेट गर्ने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको