Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन उर्जाले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने

अर्थ संसार

आइतबार, १५ माघ २०७९, १० : २४ मा प्रकाशित

हिमालयन उर्जाले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने

हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीकाे माघ १३ गते शुक्रबार बसेको सञ्चालक समितिकाे बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले १ः२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्कासन गर्नेछ । 

सञ्चालक समितिले प्रस्ताव गरेकाे हकप्रद सेयर नियमनकारी निकाय विद्युत नियमन आयोगको पूर्व स्वीकृतिका लागि पेश गरी सहमति प्राप्त भएपछि र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिको लागि पेश भई हकप्रद सेयर जारी तथा निष्कासनको स्वीकृति प्राप्त भएपश्चात् मात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिनेछ ।

सूचना हेर्नुहाेस् :

63d5f91bda9bf.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको