Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा NLBBL को मूल्य समायाेजन

अर्थ संसार

सोमबार, १६ माघ २०७९, १७ : ३७ मा प्रकाशित

नेप्सेमा NLBBL को मूल्य समायाेजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ ।

संस्थाकाे २२ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय २७ रूपैयाँ ८७ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले साेमबारकाे अन्तिम काराेबार मूल्य एक हजार १० रूपैयाँका आधारमा मूल्य समायाेजन गरेकाे हाे ।

लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न संस्थाको १६ औँ वार्षिक साधारण सभा माघ २८ गते उद्योग संगठन मोरङको सभाहल, विराटनगरमा ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१५ प्रतिशत नगद लाभांश गरी कुल २३.१५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको