Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

अर्थ संसार

मंगलबार, १७ माघ २०७९, ०६ : २० मा प्रकाशित

रिडी पावरको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

रिडी पावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट घोषणा गरेको ४२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली माघ १८ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ, त्यसैले आज माघ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको माघ ४ गते, बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २१औँ वार्षिक साधारण सभा माघ २९ गते, आइतबार हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको