Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म कायम सेयरधनीहरुले मात्र AHPC को लाभांश पाउने

अर्थ संसार

मंगलबार, १७ माघ २०७९, ०६ : २६ मा प्रकाशित

आजसम्म कायम सेयरधनीहरुले मात्र AHPC को लाभांश पाउने

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोली माघ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले आज माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार संस्थाको २५ औँ बार्षिक साधारणसभा माघ २७ गते मैत्रहल, इन्द्रेणी कम्पलेक्स, नयाँबानेश्वर काठमांडौमा ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको