जब जब नेपालमा चाडबाड नजिकिन्छ र फूलको माग बढ्न थाल्छ, नेपालमा भएको उत्पादनले बजार धान्न सक्दैन र भारतबाट आयात गर्नुपर्ने परिस्थिति सृजना हुन्छ, त्यसबेला नेपालभर चौतर्फी बहस हुने विषय बन्छ “नेपालमै फूल खेती गर्न किन सकिँदैन, आयत किन गर्ने ?” । नेपालमा वर्षको ३ दिनको फूलको आयात बहसको विषय बन्छ तर ९० दिनसम्म फुल्ने फूलको जीवनचक्र अवधिसम्मको व्यवसायिक सुनिश्चितता हुनुपर्ने बताउँछन् पुष्प उद्यमी निर्मल घर्ती।
नेपालमा फूलको प्रयोग धार्मिक, उपहार तथा सजावटको लागि दैनीक रूपमा प्रयोग हुने गर्दछ । अहिले ललतिपुरको गोदावरीमा एमबीए अध्ययन गर्दा उद्यम गर्ने सोच बनाएका २ उद्यमीहरुले १२ रोपनी क्षेत्र फलभित्र फूल फूलाईरहेका छन् ।
वर्षभरी हरेक अवसरमा प्रयोग हुने फूलको खेतीमा व्यवसायिकताको अभाव वर्षौँदेखि देखिँदै आएको छ। फूलको विरुवा रोप्नुदेखि फूल फुल्ने र फुलेको फूल तपाईँ हाम्रो हातसम्म आइपुग्न विभिन्न व्यक्ति जोडिएका हुन्छन् र प्रभावकारी रुपमा यो सप्लाई चेन व्यवस्थित छैन । यो अप्रभावकारिता र अव्यवस्थित सिस्टम बीचमा भएका चुनौतीलाई अवसरका रूपमा पुष्प खेतीको व्यवसाय सुरुवात गरेका दुई सहकर्मी उद्यमी हुन् रुपन्देहीका निर्मल घर्ती र पोखराका सबिन ढकाल । निर्मल र सविनले सुरूवात गरेको व्यवसाय हिमालया फ्लोरिकल्चर अहिले पुष्प व्यवसायकोबीच अलग परिचयका साथ स्थापित भएको छ ।
काठमाडौंको एपेक्स कलेजमा एमबीए अध्ययन गर्दाका सहपाठी हुन निर्मल र सबिन । “अध्यापनको क्रममा कक्षामा रघु सरले फ्लोरिकल्चरको अनुभव प्रस्तुत गर्नुभएको थियो, दुई दशक अघि धानको भन्दा बढी कटफ्लावरको व्यवसायिक मूल्य धेरै भएको अनुभूति गरेर धान खेति गर्ने खेतमा कटफ्लावर उत्पादन सुरु गर्नु भएको रघु सरको अनुभवले हामी प्रेरित भएका थियौँ । एमबीए अध्ययनको क्रममा हामी स्टार्टअप र उद्यमशीलताको विभिन्न कार्यक्रममासँगै सहभागी हुने गर्थ्याैँ, विभिन्न व्यवसायिक बुझ्न र सुरुवात गर्न अग्रसर थियौँ, हामीलाई केही गर्नु थियो, रघु सरको प्रेरणाले सबिन र म दुवैको इच्छा यसमा मोडियो।,” निर्मल बताउँछन् ।
सबिन र निर्मलको पुष्प व्यवसायको बढ्दो इच्छासँगै उनीहरू पुष्प व्यवसायको अवसर, सम्भावना र प्रत्यक्ष रूपमा माटोसँग नजोडिएको बीच माटोमा रम्ने व्यवसायप्रति खोजी गर्न थाले । ८ महिना अवधिसम्म दुई सह संस्थापक नेपालमा व्यवसायिक सम्भावना रिसर्चमा खर्चिए । कृषि क्षेत्रमा दुवैको केही नयाँ इच्छा थियो, ठूलो क्षेत्रका बीच नेपालमा व्यवसायिक पुष्प खेतीको प्रचुर सम्भावना र अवसर रहेको निष्कर्षमा पुगे।
सबिन र निर्मलको पुष्प खेतीको सोच उद्यमसम्म पुग्न २ वर्ष समयावधि लाग्यो, एमबीए उत्तीर्ण भएपछि निर्मल अन्तरप्रेरणामा आवद्ध भए भने सबिन अन्य व्यवसायमा आवद्ध भए । उनीहरूको सोचले सार्थकता तब पायो जब निर्मलले गरिरहेको जागीर छाड्ने निर्णय गरेर २ वर्ष अगाडि गरेको परिकल्पना पूरा गर्न सबिनलाई सम्पर्क गरे।
“एमबीए अध्ययनका क्रममा दुई सहपाठी सहसंस्थापकको रूपमा अगाडी बढे र सुरु भयो हिमालया फ्लोरीकल्चरको व्यवसायिक यात्रा"
उनीहरू औपचारिक सुरुवात गर्ने सोच बनाएर पुनः सल्लाह लिन आफ्नो शिक्षक रघु विष्टसँग पुगे। “रघु सरको सल्लाह लिएर अगाडि बढ्यौं हामीसँग सर आवद्ध हुनुभयो, नेपालमा कोभिडको पहिलो चरण पश्चात पुष्प व्यवसाय घटिरहेको थियो, ३० वर्ष पुष्प व्यवसायमा आवद्ध रहनुभएको केशव सुनुवारलाई रघु सरले जोड्न सहयोग गर्नुभयो। हामीसँग एन्जल इन्भेस्टरको रूपमा लामो समयदेखि उद्यमशिलता क्षेत्रमा कार्य गर्दै आउनु भएको अनिल पराजुली सर जोडिनु भयो।”, निर्मल बताउँछन् ।
उनी थप्छन्, “फूल खेती भन्दा गमलामा रोपेको फूलको याद आउँथ्यो, फार्ममा फरक थियो। हामीले फार्म सञ्चालन गर्ने जग्गा खोज्न सुरु गर्यौ, उपत्यकामा जग्गा भेट्न समस्या थियो, हामीले ललितपुरको गोदावरीमा ५ रोपनी जग्गाबाट हिमालया फ्लोरीकल्चरको सुरुवात भयो अहिले १२ रोपनीमा विस्तार गरेका छौँ । २०७७ माघ २५ गरे हिमालया फ्लोरिकल्चरको सुरुवात गरेका थियौं।”
निर्मल र सबिन दुवैजनाका लागि पुष्प व्यवसायका लागि नयाँ थियो। उनीहरू ईन्टरनेटबाट पुष्प व्यवसायबारे अध्ययन गर्न थाले र यो क्षेत्रसँग जोडिएका अन्य व्यक्तिसँग सल्लाह लिँदै अगाडि बढे। उनीहरुको यात्रा पुष्प व्यवसायमा राम्रो अनुभव केशव सुनुवारको आवद्धता सहज बनायो।
“हिमालया फ्लोरिकल्चरको सुरूवातको २ महिनामै कोभिडको दोश्रो चरण सुरु भयो, दोश्रो लकडाउनले सोच्न पर्ने बनायो”, निर्मल जोड्छन्, “पुष्प व्यवसायमा विविध चुनौतीहरू छन, फुल फुल्ने प्राकृतिक प्रक्रिया हो यो आफैमा चुनौतीपूर्ण छ फूल नफुल्न पनि सक्छ। फुलेको फूल छिट्टै बिग्रिन्छ, होलेसेलरलाई फूल उपलब्ध गराउँदा बिग्रिएमा आफूलाई नै घाटा हुने गर्दछ, बिक्री भएको फूलको पैसा मात्र पाइन्छ र ब्यवसायको पैसा पाउन महिना दिन कुर्नुपर्छ।”
उनी थप्छन्, “सप्लाई चेनमा समस्या थियो, हामी एमबीए अध्ययन सकेको आफै किन मार्केटमा नजाने भन्ने सोच बनायौँ र हामीले अनलाइन मार्फत सेवा विस्तार गर्यौ। हामीले अनलाइनबाट सेवा प्रदान गर्न थाल्यौँ। हामी डाईरेक्ट टु कन्सुमर बिजिनेस मोडेल अर्थात् उत्पादकबाट उपभोक्ताले प्रत्यक्ष सेवा प्रदान गर्ने मोडलमा गयौं। हामी अनलाइनबाट वेबसाईट , सामाजिक सञ्जाल, एग्रीग्रेटर माध्यमबाट सेवा विस्तार गर्यौ।”
अहीले हिमालया फ्लोरीकल्चरले Cut Flower मध्य र अन्य सिजनल फूल फुलाइरहेको छ। फ्लोरीकल्चरले आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत फूलको बिक्री तथा विभिन्न सुभ अवसरको सजावटको सेवा दिँदै आइरहेको छ।
कक्षा कोठामा अध्यनका बीच सुरुभएको व्यवसाय गर्ने सोच ‘हिमालया फ्लोरिकल्चर’ अहिले गोदावरीको बाखडोलमा १२ रोपनी जग्गामा गुलाफ (Rose) , जर्वेरा (Gerbera), जिप्सी (Gipsy), कार्नेशन फूल (Carnation) लगायतका कट फ्लावर उत्पादन गरिरहेको छ।
अनलाइनमा पुष्पसेवा विस्तार गरेको हिमालया फ्लोरिकल्चरबाट ग्राहकको माग अनुशार आफ्नो कार्यालय पूरानोबानेश्वर स्थित कार्यालय वेबसाइट र विभिन्न सामाजिक सञ्जालबाट फूल तथा बिरुवाहरू उपहारको रूपमा उपलब्ध गर्दै आइरहेका छौ पछिल्लो समय बढ्दो फुलको सजावटको आकर्षण सम्बोधन गर्दै विभिन्न सुभ अवसरको सजावटको सेवा दिँदै आइरहेको कम्पनीका सहसंस्थापक निर्मल बताउँछन्।
*Hello Enterpreneur, If you want to get featured on Arthasansar.com mail us at [email protected] or [email protected].
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस