Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक मन्दीकाबीच विविध संकटलाई सम्बोधन गर्नु एसिया–प्रशान्त क्षेत्रीय नयाँ उपाध्यक्षको प्रमुख प्राथमिकता

अर्थ संसार

बुधबार, १८ माघ २०७९, ११ : ५९ मा प्रकाशित

आर्थिक मन्दीकाबीच विविध संकटलाई सम्बोधन गर्नु एसिया–प्रशान्त क्षेत्रीय नयाँ उपाध्यक्षको प्रमुख प्राथमिकता

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले रिकर्डो पुलिटीलाई एसिया–प्रशान्त क्षेत्रको नयाँ उपाध्यक्षमा नियुक्त गरेको घोषणा गरेको छ । पुलिटीले निजी क्षेत्रको विस्तारमा प्रोत्साहन तथा  खँस्किदो विश्वव्यापी आर्थिक परिदृश्य एवं अन्य विविध संकट प्रतिकार्यस्वरूप हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा प्रभावकारी साझेदारी सम्बन्धमा आईएफसीको तर्फबाट अघि बढाइएका क्षेत्रीय पहलको निरीक्षण गर्नेछन् । 

एसिया तथा प्रशान्त क्षेत्रका अर्थतन्त्रहरू लगातार कोभिड–१९ महामारीबाट उत्पन्न अवरोध, युक्रेनमाथि रुसी आक्रमण, विश्वभर अबलम्बन गरिएको कसिलो वित्तीय अवस्था र उर्जा तथा खाद्य वस्तुको उच्च मूल्यवृद्धि समेतबाट आक्रान्त छन् । यसका अतिरिक्त, विश्वको कमजोर आर्थिक वृद्धि र जलवायु परिवर्तनसँग सम्बन्धित जलवायुजन्य परिघटनाको तीव्र पुनरावृत्तिले क्षेत्रीय आर्थिक विकासको मार्गलाई धराशयी बनाउने चुनौती उत्पन्न भएको, विश्व बैंकको पछिल्लो ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनमा उल्लेख छ ।

आईएफसीका तर्फबाट एसिया तथा प्रशान्त क्षेत्रीय उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै पुलिटीले यस क्षेत्रका राष्ट्रहरूले सार्वजनिक खर्च बढाउने अवस्था न्यून रहेको सन्दर्भमा निजी क्षेत्रमा अझै धेरै लगानीको आवश्यकतामा जोड दिएका छन् । 

‘यस वर्ष विश्व अर्थतन्त्र अत्यन्त डरलाग्दोगरी आर्थिक मन्दीतर्फ अग्रसर रहेको छ, एसिया तथा प्रशान्त क्षेत्रको परिदृश्य स्पष्टसँग प्रतिकूलतातर्फ ढल्केको छ, विद्यमान परिस्थितिमा यो क्षेत्रमा रोजगारी र उत्पादन वृद्धिका लागि तत्काल धेरै लगानी आवश्यक छ,’ पुलिटीले भने, ‘नयाँ लगानी आकर्षण र प्रोत्साहनका लागि उपयुक्त नीतिगत व्यवस्था आवश्यक छ, राष्ट्रहरूले निजी क्षेत्रका लागि उपलब्ध लगानी (वित्तीयकरण सुविधा) परिचालनमार्फत् अपुग आवश्यक लगानी जुटाउन सक्नेछन् ।’

पछिल्लो दुई दशकयता एसिया तथा प्रशान्त क्षेत्रका उदयमान र विकासशील राष्ट्रहरूमा लगानी वृद्धि बाँकी विश्वको तुलनामा औसत दरभन्दा न्यून रहेको यथार्थ छ । यो अवस्थालाई परिवर्तन गर्नैपर्छ र इतिहासले हामीलाई भन्छ कि सुदृढ लगानी वृद्धिले लाभांश प्रदान गर्छ । स्वच्छ, नवीकरणीय तथा खर्च किफायती उर्जातर्फको प्रगति जलवायु लक्ष्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ साथै सँगै डिजिटल पूर्वाधारले यस क्षेत्रका बासिन्दाहरूका लागि प्रदान गर्न सक्ने सबै अवसर छोप्नुपर्छ ।

इटलीका नागरिक पुलिटीले यसभन्दा लगत्तै अघि विश्व बैंकको पूर्वाधार मामिला उपाध्यक्ष भएर विकासशील र उदयमान बजारहरूमा प्रभावकारी पूर्वाधार निर्माण गर्ने बैंकको विश्वव्यापी पहलको नेतृत्व गरेका थिए । त्यसभन्दा अघि, पुलिटीले अफ्रिकामा पूर्वाधार मामिला क्षेत्रीय निर्देशक र त्यसभन्दा पनि अघि उर्जा तथा उत्खनन् मामिला वैश्विक निर्देशक थिए । विश्व बैंकसँग आवद्ध हुनुअघि पुलिटी ‘युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट’को प्रबन्ध निर्देशक थिए ।

‘जलवायुजन्य आघात/प्रतिकूलताका दृष्टिले एसिया तथा प्रशान्त क्षेत्र सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा पर्छ, यो अवस्थाले अर्बौं जनसंख्याको जीवन र जनजीविकाको सुरक्षा गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिन्छ,’ पुलिटीले भनेका छन्, ‘यस क्षेत्रले यहाँका बासिन्दालाई आधारभूत सेवामा पहुँचबाट समेत वञ्चित गरिरहेको खर्बौं डलरका पूर्वाधारको ठूलो खाडललाई पनि पूर्ति गर्नुपर्नेछ । वित्तीय समावेशीतामा सुधार, स्वाथ्य सेवाको सुदृढीकरण, साना व्यवसायका लागि वित्तीय पहुँचमा अभिवृद्धि क्षेत्रीय आर्थिक विस्तारको इन्जिन र रोजगारीका मुख्य ‘इन्क्युवेटर’ भएकाले आईएफसीले लैंगिक समानता, डिजिटल विस्तार तथा पुँजी परिचालनजस्ता आधारभूत प्राथमिकताका क्षेत्रमा निरन्तर काम गर्नेछ ।’

‘चुनौतीहरू गहन छन् तर अवसरहरू पनि उत्तिकै छन् । यससँगै, तिनीहरूले लगानी उत्प्रेरित गर्ने, जलवायु परिवर्तन तथा सामुद्रिक प्रदुषणलाई सम्बोधन गर्न नवोदित हरित र ‘ब्लु ट्रान्ज्याक्सन’ लाई गति दिने साथै गरिबी निवारणका पहललाई दोब्बर पार्ने जस्ता आईएफसीले निजी क्षेत्रसँग गर्ने कामको महत्वलाई सुदृढ पार्छन् ।

पुलिटीले ‘इन्टिच्युटो सुपेरियर दी इस्टुडीओस् दी ला इम्प्रेसा’ बाट एमबीए र केनेडी स्कुल अफ गभर्मेन्ट, हार्वर्ड विश्वविद्यालय र इम्पेरियल कलेजबाट स्नातकोत्तर हासिल गरेका छन् । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको