Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २५ लाख कित्ता ऋणपत्र सूचिकृत

अर्थ संसार

बुधबार, १८ माघ २०७९, १४ : २६ मा प्रकाशित

नेप्सेमा २५ लाख कित्ता ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा एक कम्पनीकाे ऋणपत्र सूचिकृत भएकाे छ ।

स्टकका अनुसार हिमालयन बैंक लिमिटेडकाे २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे । 

हिमालयन बैंक लिमिटेडले भदौ १५ गते, बुधबारबाट भदाै २९ गते, बुधबारसम्म प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

63da263b66131.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको