Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा झिनाे सुधार : परिसूचक बढ्दा काराेबार रकम भने खुम्चियाे

नेप्से

बुधबार, १८ माघ २०७९, १५ : ५० मा प्रकाशित

नेप्सेमा झिनाे सुधार : परिसूचक बढ्दा काराेबार रकम भने खुम्चियाे

सेयर बजारमा झिनाे सुधार देखिएकाे छ । नेप्से परिसूचक झिनाे अंकले बढ्दा काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ विन्दुमा पुगेकाे छ । नेप्से ०.२४ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.५४ अंकले बढेर ४०१.१७ विन्दुमा पुगेकाे छ ।

कूल २६१ वटा कम्पनीकाे ५० लाख २४ हजार ३ सय ८१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७६ करोड ७० लाख ५१ हजार ९ सय १६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

त्यसैगरी, बुधबार नेपाल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे हाे ।  बैंककाे ५ कराेड ९३ लाख ३९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।  संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ७ सय ५३ रूपैयाँ ६० पैसा पुगेकाे छ । 

एनआईबीएल समृद्धि फण्ड २ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ३.७४ प्रतिशतले घटेर ७ रूपैयाँ ४७ पैसामा झरेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको