Like us!
Follow us!
Connect us!
Watch us!

रेमिट्यान्स कम्पनीहरुले महिना सकिएको सात दिनभित्र मासिक विवरण पठाउनु पर्ने

अर्थ संसार

विहीबार, २६ माघ २०७९, १० : १३ मा प्रकाशित

रेमिट्यान्स कम्पनीहरुले महिना सकिएको सात दिनभित्र मासिक विवरण पठाउनु पर्ने

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई विवरणहरु तोकिएको ढाँचा समयमा उपलब्ध गराउन निर्देशन दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज (बिहिबार) सूचना प्रकाशित गर्दै कम्पनीहरुलाई विवरणहरु तोकिएको ढाँचा समयमा उपलब्ध गराउन निर्देशन दिए दिएको हो। 

राष्ट्र  बैंकले माघ १३ मा नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ को विनियम ३३ मा भएको व्यवस्थाबमोजिम विवरणहरु महिना सकिएको सात दिनभित्र तोकिएको ढाँचा समयमा उपलब्ध गराउन निर्देशन दिएको हो। त्यसका लागि राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुले विदेशी विनिमय व्यवस्थापन विभागमा पेस गर्नुपर्ने फारममा हुने विवरण, विवरण पठाउने माध्यम, विवरण पठाउनुपर्ने फ्रिक्वेन्सी र विवरण पठाउनुपर्ने म्याद तोकेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको