Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

विहीबार, २६ माघ २०७९, १२ : ३८ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज बिहीबार प्रतितोला एक सय रुपैयाँले बढेको हो। यसअघि बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

यसैगरी, बिहिबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने तेजाबी सुन प्रतितोला १ लाख ४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको