Like us!
Follow us!
Connect us!
Watch us!

किन घट्यो डिप्रोक्स लघुवित्तको नाफा, अन्य सुचक कस्ता ?

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, ०६ : ३३ मा प्रकाशित

किन घट्यो डिप्रोक्स लघुवित्तको नाफा, अन्य सुचक कस्ता ?

डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ ।

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले २१ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३५.६० प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ३३ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ३५.७७ प्रतिशत प्रतिशतले घटेर ३० करोड ७७ लाख १० हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४७ करोड ९० लाख ९४ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ९.१० प्रतिशतले घटेर ६४ करोड ८१ लाख ४ हजार रुपैयाँ पुगेको छ । 

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेको छ भने खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज उच्च दरमा बढ्दा लघुवित्तको खुद नाफा घट्न दबाब पुगेको हो।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ९० करोड ७९ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३१ रुपैयाँ ५ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ५१ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको