Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको बिद्युत बिक्रि आम्दानी ४३ करोड, नाफा कति ?

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, ०७ : ०० मा प्रकाशित

अरुण काबेलीको बिद्युत बिक्रि आम्दानी ४३ करोड, नाफा कति ?

अरुण काबेली पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा गिरावट आएको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा १५ करोड १३ लाख रुपैयाँ नाफामा छ । यो नाफा गत वर्षको भन्दा २६.०९ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले २० करोड ४७ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ४३ करोड ६४ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४५ करोड ४१ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। 
 
हाल चुक्ता पुँजी १ अर्ब ८५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार ७१ प्रतिशतले बढेर ३६ करोड २० लाख ३५ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ ११९.५१ रुपैयाँ रहेको छ ।

63e59b4236a2d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको