Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा सामुदायिक लघुवित्तको नाफासंगै ईपीएसमा व्यापक गिरावट

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, ११ : ३६ मा प्रकाशित

जाल्पा सामुदायिक लघुवित्तको नाफासंगै ईपीएसमा व्यापक गिरावट

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ ।

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७७.९७ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ५ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा १ लाख ६७ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ६ करोड १५ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी भने बढेर १८ करोड २५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । 

खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज उच्च दरमा बढ्दा लघुवित्तको खुद नाफा घट्न दबाब पुगेको हो।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १६ करोड रुपैयाँ र जगेडा कोषमा ३९ करोड ४८ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १६ रुपैयाँ ५ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ ३४६ रुपैयाँ ८० पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

63e5db68cf545.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको