महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोबार संचालनको चार वर्ष पुरा गरेको छ । २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोबार सञ्चालनको चार वर्ष पुरा गरेको हो ।
जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा आउँदा पुराना स्थापित र पछि आएका कम्पनीहरुसँग अस्वस्थ प्रतिस्पर्धाकोबीच गुणस्तरिय कारोबार गर्नु ठुलो चुनौती रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनी स्थापना पछिको निरन्तर दुई वर्षको कोरोनाको अवरोधले पनि शाखा संजाल विस्तार र अभिकर्ता निर्माणमा कठिनाई नै भोग्नु परेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ कम्पनीले जारी गरेको विज्ञप्ति:
२०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोबार संचालनको चार वर्ष पुरा गरेको छ । जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा आउँदा पुराना स्थापित र पछि आएका कम्पनीहरु सँग अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तरिय कारोबार गर्नु ठुलो चुनौती थियो।
कम्पनी स्थापना पछिको निरन्तर दुई वर्षको कोरोनाको अवरोधले पनि शाखा संजाल विस्तार र अभिकर्ता निर्माणमा कठिनाई नै भोग्नु पर्यो ।
नेपालको जीबन बीमा बजारमा देखा परेको अनेकौ समस्या र कठिनाईको बीचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा गुणस्तरिय व्यवसाय सँगै कम्पनीको विस्वासनियता बृद्धिलाई प्राथमिकतामा राखेका थियौ । प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाईफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ जस्ता जनचेतना मूलक कार्यक्रम लिएर देशै भरी अभियान संचालन गर्यौं ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यी सबै कार्यक्रम संचालन गरेको कारण कारोबारमा निरन्तर बृद्धि संगै कम्पनीको राम्रो ब्राण्ड स्थापित गर्न सफल भएका छौ । त्यसैको फलस्वरुप प्रत्येक वर्ष मूनाफा संगै बीमितहरुलाई दिने बोनस दर पनि अन्य कम्पनी भन्दा राम्रो दिन सफल भएका छौँ । कम्पनीले गत आ।व। २०७८र७९ को पौष मसान्तको तुलनामा चालु आ।व। २०७९र८० को पौष मसान्त सम्ममा चुक्ता पूँजीमा ५०५, जगेडा कोषमा ६०।७ ५, जीवन बीमा कोषमा ५६।४५, महाविपत्ति कोषमा ४४।५५, कर्जा लगानीमा २९।५५, दाबी भुक्तानीमा ३८५ र मुनाफामा ३५।४५ ले बृद्धि गर्न सफल भएको छ ।
नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र भित्र अनिवार्य रुपमा पूँजी बृद्धि गर्ने निर्देशन दिए पछि प्रभु लाईफ इन्स्योरेन्स सँग मर्जरको लागि अगाडी बढेका छौँ । भारतिय बीमांकी बाट सम्पत्ती दायीत्वको मुल्याङ्कन प्रतिवेदन आउन निकै ढिला भएको कारण निर्धारित समयमा एकीकृत कारोबार गर्न नसकेता पनि २०७९ चैत्र भित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौँ । एकिकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरिय कारोबार संचालन गर्दै लगानी कर्ता र बीमितहरुको हितलाई सधै सर्वोपरि राखि काम गर्ने विश्वास दिलाउन चाहन्छौँ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस