Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरपश्चात् बनेको प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको लोगो सार्वजनिक

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १० : ५० मा प्रकाशित

मर्जरपश्चात् बनेको प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको लोगो सार्वजनिक

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडलाई नेपाल बीमा प्राधिकरणले जेठ २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । आषाढ महिना भित्र एकिकृत कारोबार गर्ने गरी दुबै कम्पनीको संयुक्त मर्जर समिति, संचालक समिति र व्यवस्थापन समूह तयारीमा लागि सकेको छ ।

यसै सिलसिलामा संयुक्त मर्जर समितिको निर्णय अनुसार दुवै कम्पनीको भावना प्रतिबिम्वित हुने गरी तयार गरिएको तथा एकिकृत कारोबार पछि प्रचलनमा ल्याइने “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” को लोगो सार्वजनिक गरिएको हो। 

प्रभु लाईफको बोनस सेयर जारी पछि दुबै कम्पनीको गरी ४२९.६ करोड चुक्ता पूँजी हुनेछ । 

बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पूँजीको लागि एकिकृत कारोबार पछि ९० करोड बराबर प्रिमियम मुल्यमा  एफपिओ जारी गर्ने सहमति भएको कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको