Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर प्रस्ताव पारितका लागि महालक्ष्मी लाइफद्वारा साधारण सभा आह्वान

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, ११ : ३१ मा प्रकाशित

मर्जर प्रस्ताव पारितका लागि महालक्ष्मी लाइफद्वारा साधारण सभा आह्वान

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ २६ गतेका लागि पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको हो ।

कम्पनीको बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले सभा होटल अकामा धुम्बाराही काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आह्वान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

कम्पनीले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडसँग एक आपसमा मर्जरमा गए पश्चात बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट जीवन बीमा ब्यवसाय गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको