Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जरका लागि पाए अन्तिम स्वीकृति

अर्थ संसार

मंगलबार, ३० जेठ २०८०, १२ : २७ मा प्रकाशित

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जरका लागि पाए अन्तिम स्वीकृति

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जरका लागि अन्तिम स्वीकृति पाएका छन् । यी दुई कम्पनी मर्जरपछि बन्ने ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’का लागि नियामक नेपाल बीमा प्राधिकरणले हिजो (सोमबार) अन्तिम स्वीकृति दिएको हो ।

मर्जरमा जाने प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको गत जेठ २६ गते बसेको विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यसलगत्तै यी दुवै कम्पनीले २०७९ असार ३० गते मर्जरको लागि प्रारम्भिक सहमति गरेका थिए ।

दुवै कम्पनीको २०७७–७८ को सम्पत्ति दायित्वको मुल्याकंनमा भारतीय बीमा कम्पनीले ढिलाइ गरिदिँदा मर्जर प्रक्रिया केही ढिला हुन पुगेको थियो । यद्यपि, मर्जरका लागि प्राधिकरणबाट अन्तिम स्वीकृति पाएसँगै यी दुई कम्पनी मर्जरमा जाने पक्का भएको छ । १ः१ स्वाप रेसियोमा मर्जरमा जान लागेका यी दुई कम्पनी मर्जरपश्चात् प्रभु महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेड नाम रहनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको