Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, १३ : १२ मा प्रकाशित

महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक

महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफामा हुने सम्पूर्ण बीमालेखको नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्रधिकरणबाट बैशाख १५ गतेको परिपत्रबाट स्वीकृत गरेको हो । 

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम प्रतिहजार ५२ रुपैयाँसम्म बोनसदर पाउनेछन् । नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

उक्त योजना अन्तर्गत पाँचदेखि १५ वर्षको बीमा अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको बीमाका लागि प्रतिहजार ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बीमाका लागि प्रतिहजार ५२ रुपैयाँ बोनसदर कायम गरेको छ । 

त्यस्तै, महालक्ष्मी सर जीवन बीमा योजनामा प्रतिहजार न्युनतम ५० देखि ५१ रुपैयाँसम्मको बोनसदर कायम गरेको छ । यस योजना अन्तर्गत पाँचदेखि १५ वर्षको बीमा अवधिका लागि प्रतिहजार ५० रुपैयाँ र १६ देखि २५ वर्ष अवधिको बीमाका लागि प्रतिहजार ५१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीका अनुसार जीवन हेरचाह योजना अन्तर्गतको बीमा योजनामा प्रतिहजार न्युनतम ५० रुपैयाँ देखि अधिकतम ५१ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । उक्त योजना अन्तर्गत पाँचदेखि १५ वर्षको बीमा अवधिका लागि प्रतिहजार ५० रुपैयाँ र १६ देखि २५ वर्ष अवधिको बीमाका लागि प्रतिहजार १५ रुपैयाँ बोनसदर कायम गरेको छ ।  

त्यस्तै कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता योजनामा न्युनतम प्रतिहजार ४० रुपैयाँ बोनसदर कायम गरेको छ । उक्त योजना अन्तर्गत पाँचदेखि १५ वर्षको बीमा अवधिका लागि प्रतिहजार ४० रुपैयाँ र १६ देखि २५ वर्ष अवधिको बीमाका लागि प्रतिहजार ४० रुपैयाँ बोनसदर कायम गरेको छ ।

त्यसैगरी कम्पनीको महालक्ष्मी धनधान्य बीमा योजनामा न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम प्रतिहजार ५० रुपैयाँ बोनसदर कायम गरेको छ । उक्त योजना अन्तर्गत १५ वर्षको बीमा अवधिका लागि प्रतिहजार ४० रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ४० रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीका अनुसार महालक्ष्मी सावधिक आजिवन बीमाका लागि न्यनतम प्रतिहजार ५० रुपैयाँ बोनसदर राखेको छ । यस योजना अन्तर्गत पाँचदेखि १५ वर्ष अवधिको बीमाका लागि प्रतिहजार ५० रुपैयाँ, १६ वर्षदेखि २५ वर्षको अवधिका लागि ५० रुपैयाँ र २६ वर्षदेखि ३०वर्ष अवधिको बीमाका लागि प्रतिहजार ५० रुपैयाँ बोनसदर कायम गरेको छ ।  

साथै, अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको