खल्तीले नेपाल इन्भेस्टमेन्ट मेघा बैंक(एनआइएमबी)प्रयोगकर्ताहरूका लागि एउटा नयाँ अफर ल्याएको छ । खल्तीले एक विज्ञप्ति जारी गर्दै नेपाल इन्भेस्टमेन्ट मेघा बैंक(एनआइएमबी)प्रयोगकर्ताहरूका लागि नयाँ अफर ल्याएको हो ।
नेपाल इन्भेस्टमेन्ट मेघा बैंक खाता खल्तीमा लिङ्क गरि भुक्तानीमा स्मार्टफोन खल्ती प्रो र रू. १०० बोनस पाउन सक्नेछन् । साथै, प्रयोगकर्ताहरु मध्ये ४ भाग्यशाली बिजेताले ‘खल्ती प्रो’ को एक वर्ष सब्स्क्रिप्शन र बम्परमा स्मार्टफोन जित्ने पनि मौका पाउनेछन्।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकीकृत पछि बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) नामबाट सञ्चालनमा ल्याएको हो । मेगा बैंकमा खाता भएका प्रयोगकर्ताहरूले आफ्नो खाता लिंक गर्नुअघि एनआइएमबीको नयाँ खाता नम्बर लिनुपर्नेछ भने नेपाल इन्भेष्टमेन्ट बैंकको खाता रहेको प्रयोगकर्ताहरु यस बैंक लिंक गरि अफरमा सहभागी हुन मान्य भइसकेको कम्पनीले जनाएको छ ।
यस्तो छ खल्तीले जारि गरेको विज्ञप्ति:
नेपाल इन्भेस्टमेन्ट मेघा बैंक खाता खल्तीमा लिङ्क गरि भुक्तानीमा स्मार्टफोन खल्ती प्रो र रू. १०० बोनस पाउनुहोस् ।
खल्तीले नेपाल इन्भेस्टमेन्ट मेघा बैंक(NIMB) प्रयोगकर्ताहरूका लागि एउटा नयाँ अफर लिएर आएको छ। यस अफर अन्तर्गत खल्तीमा नेपाल इन्भेस्टमेन्ट मेघा बैंक लिङ्क गरि आफ्नो पहिलो बैंक लिंक भुक्तानीमा रू. १०० को बोनस प्राप्त गर्नेछन्। साथै, प्रयोगकर्ताहरु मध्ये ४ भाग्यशाली बिजेताले ‘खल्ती प्रो’ को एक वर्ष सब्स्क्रिप्शन र बम्परमा स्मार्टफोन जित्ने पनि मौका पाउनेछन्।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकीकृत पछि बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) नामबाट सञ्चालनमा ल्याएको हो । मेगा बैंकमा खाता भएका प्रयोगकर्ताहरूले आफ्नो खाता लिंक गर्नुअघि ल्क्ष्ःद्य को नयाँ खाता नम्बर लिनुपर्नेछ भने नेपाल इन्भेष्टमेन्ट बैंकको खाता रहेको प्रयोगकर्ताहरु यस बैंक लिंक गरि अफरमा सहभागी हुन मान्य भइसकेकाछन्।
रू. १०० बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गरि सो लिङ्क बैंक खाताबाट पहिलो भुक्तानी पूरा गरेका सबै प्रयोगकर्ताहरूका लागि लागु हुनेछ। यसैबीच, खल्ती प्रोको सब्स्क्रिप्शन हरेक हप्ता ४ जना भाग्यशाली बिजेताले प्राप्त गर्नेछन्। साथै बम्पर उपहारमा स्मार्टफोन जित्ने १ भाग्यशाली बिजेता रहनेछ। आफ्नो बैंक खाता खल्तीमा लिंक गर्नको लागि प्रयोगकर्ताहरूको प्थ्ऋ प्रमाणित हुनुपर्छ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भन्नुभयो, “हालै एकीकृत भइ सुरुभएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग हामीले साझेदारी गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। यस मार्फत सबै प्रयोगकर्ताहरूलाई खल्तीको बैंक लिंक सुविधा प्रयोग गरी सहज र छिटो भुक्तानी प्रक्रिया अनुभव गर्न प्रोत्साहित गर्न चाहन्छौं। साथै, प्रयोगर्ताहरूलाई डिजिटल भुक्तानी गर्ने बानी बसाउन पनि यो अफर लिई आएका छौँ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस