Like us!
Follow us!
Connect us!
Watch us!

६७ प्रतिशतले बढ्यो राधी बिद्युतको खुद मुनाफा, अन्य वित्तिय सुचक कस्ता ?

अर्थ संसार

आइतबार, २९ माघ २०७९, ०८ : २३ मा प्रकाशित

६७ प्रतिशतले बढ्यो राधी बिद्युतको खुद मुनाफा, अन्य वित्तिय सुचक कस्ता ?

राधी बिद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि आएको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा ५ करोड ३६ लाख ९३ हजार रुपैयाँ नाफामा छ । यो नाफा गत वर्षको भन्दा ६७.७८ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले ३ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ७ करोड ७९ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२३ प्रतिशतले बढि हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। 
 
हाल चुक्ता पुँजी १ अर्ब ६७ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २९ करोड २६ लाख २८ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १३१.८९ रुपैयाँ रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

63e8516a5caeb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको