कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभाको मिति निर्धारण गरेको छ। बैंक सञ्चालक समितिको बैठकले यही फागुन २२ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
वार्षिक साधारणसभा पर्साको वीरगन्जस्थित बैंकको प्रधान कार्यालयमा सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित वितरणयोग्य मुनाफा र वितरणयोग्य अन्य कोषहरुबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५० करोड रुपैयाँको कुल ५.२६ प्रतिशतले हुन आउने २ करोड ६३ लाख १५ हजार ७८९.४७ रुपैयाँबराबरको लाभांश पारित गर्नेछ।
प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने २ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशतले हुन आउने १३ लाख १५ हजार ७८९.४७ रुपैयाँबराबरको नगद लाभांश छन्। बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ। अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस