Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक यातायात बन्द भएको फाइदा ट्याक्सी व्यवसायीले उठाए

रुषा थापा

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, १२ : १४ मा प्रकाशित

सार्वजनिक यातायात बन्द भएको फाइदा ट्याक्सी व्यवसायीले उठाए

सार्वजनिक यातायात बन्द भएको फाइदा ट्याक्सी व्यवसायीले उठाएका छन् ।आज सार्वजनिक यातायात नचलेको मौका छोपेर ट्याक्सी व्यवसायीहरुले यात्रुलाई लुट्नसमेत लुटेका हुन् । 

बिहानदेखि उपत्यकाका विभिन्न चोकमा सञ्चालन भएका ट्याक्सीहरुले नयाँ बानेश्वरबाट चावहिल चोकसम्म गएको हजार रुपैयाँ असुलीरहेका छन् । 

त्यस्तै, कोटेश्वरबाट पाटन अस्पताल गएको पनि हजार नै लिइरहेका छन् । बिहान करिब ६ बजेतिर भक्तपुरको सल्लाघारीबाट अनामनगर गएको दुई हजार लिइरहेका छन् । यता नयाँ थिमीबाट काँडाघारी गएको पनि हजार नै लिइरहेका छन् । यसरी बस नचलेको फाइदा उठाएर ट्याक्सी व्यवसायीहरुले एककिलोमिटर यात्रा गर्नेबित्तिकै मानिसअनुसार हजारदेखि ३ हजारसम्म लिइरहेका छन् । 

यसैगरी नयाँ बानेश्वरको सिभिल अस्पतालबाट भिमशेनकोला गएको पनि हजार असुलीरहेका छन् । माइक्रो बस, ट्याम्पो, बसलगायत सार्वजनिक यातायात आज नचलेपछि यसको फाइदा ट्याक्सी व्यवसायीहरुले धमाधम उठाइरहेका छन् । कुनै पनि ट्याक्सी व्यवसायीले मिटरमा यात्रु बोकका छैनन् । यसरी सार्वजनिक यातायात नभएपछि टट्याक्सी चालकहरुले बिरामीलाई समेत मौकाको फाइदा उठाएर पैसा असुलीरहेका छन् । 

कसैलाई आपत्त परेर वा बिरामी भएर अस्पताल जानुपरेमा पनि ट्याक्सी चालकहरुले त्यसको फाइदा उठाइरहेका छन् । गठ्ठाघरबाट एयरपोर्ट जान ट्याक्सी चालकले यात्रुसँग १५ सयसम्म माग्यो । आज बिहानदेखि सार्वजनिक यातायात चलेका थिएनन् । तर बाटामा अस्पतालअगाडि वा चोकमा ट्याक्सी चालकहरुले यात्रुसँग भाडामा मोलमलाई गरेको प्रशस्त देखियो । यसरी यिनीहरुले मौका छोपेर एक मिटर यात्रा गर्नेबित्तिकै हजार रुपैयाँ उठाए । 

यसरी ट्याक्सी व्यवसायीहरुले दिउँसै सर्वसाधारण जनतालाई लुटे । हामीले बिहानदेखि अनुगमन गर्दा एक ट्याक्सी चालकले केही समय अघि बिहानदेखि ४ हजारदेखि ७ हजारसम्म कमाएको दाबी गरे ।  एउटा ट्याक्सी खाली आएमा दश जना मान्छे त्यो ट्याक्सीमा चढ्न हानाथाप गरे । यता ट्याक्सी चालकले भने जसले धेरै भाडा दियो त्यसलाई नै ट्याक्सीमा चढ्न दिए । चालकहरुले न बिरामीलाई नै देखे न आपत परेका मान्छेलाई ।

 पैसा नभएका व्यक्तिहरु आज जतिसुकै गाह्रो परेपनि ट्याक्सी चढ्नबाट वञ्चित भए । दिनलाई रात बनाएर आज दिउँसै ट्याक्सी व्यवसायीहरुले सर्वसाधारणलाई लुट्नसमेत लुटे । सरकारले तोकेको ट्याक्सी भाडा प्रत्येक किलोमिटर ५० रुपैयाँ छ र चढ्नेबित्तिकै ५० आउँछ । तर आज ट्याक्सी व्यवसायीहरुले एक किलोमिटरमै हजार रुपैयाँ असुले । अहिलेपनि ट्याक्सीमा सिण्डिकेट कायमै छ र सरकारले नयाँ ट्याक्सीको दर्ता खुलेको छ । साथै, ट्राफिकप्रहरीहरुले पनि मिटरमा नहिड्न वा बढी भाडा लिने ट्याक्सी व्यवसायीलाई कारबाही गरेन । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको