Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभूमि नेपाल हाइड्रोपावरको शुक्रबार साधारण सभा बस्ने, यस्ता छन् एजेन्डा

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, १३ : २९ मा प्रकाशित

बुद्धभूमि नेपाल हाइड्रोपावरको शुक्रबार साधारण सभा बस्ने, यस्ता छन् एजेन्डा

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको फागुन ५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभा, वालनट बिस्ट्रो एन्ड ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको हो।  

सभामा कम्पनीले सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
 
सभा प्रयोजनका लागि यसले माघ १९ गते बुक क्लोज गरिसकेको छ । माघ १८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको