Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्काशनको प्रस्ताव सहित बुद्धभुमी नेपालले डाक्यो साधारणसभा

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १० : ३७ मा प्रकाशित

हकप्रद निष्काशनको प्रस्ताव सहित बुद्धभुमी नेपालले डाक्यो साधारणसभा

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले जेठ ३० गते विशेष साधारण सभा बोलाएको छ ।

जेठ १४ गते बसेको कम्पनीको संचालक समितिको बैठकले काठमाडौंको पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे बस्ने गरी सभा बोलाएको हो । 

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै कम्पनीको चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिनेछ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनार्थ जेठ २३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको