Like us!
Follow us!
Connect us!
Watch us!

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, १० : ५९ मा प्रकाशित

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलरमा सामान्य वृद्धि भएको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।

उता, युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ९ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७३ पैसा तोकिएको छ, यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ४ पैसाले उकालो लागेको हो । मंगलबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ६९  पैसा कायम भएको थियो ।

बुधबार २ रुपैयाँ ११ पैसाले वृद्धि भइ बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद मूल्य १६१ रूपैयाँ ९ पैसा र बिक्रीमूल्य १६१ रूपैयाँ ८२ पैसा कायम गरिएको छ ।  यसअघि मंगलबार यसको खरिददर १५८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रूपैयाँ ७१ पैसामा कारोबार थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको