Like us!
Follow us!
Connect us!
Watch us!

सीता एअरले दाङ–काठमाण्डौ उडान गर्ने, भाडा ८ हजार रुपैयाँ तोकियो

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, ११ : ५३ मा प्रकाशित

सीता एअरले दाङ–काठमाण्डौ उडान गर्ने, भाडा ८ हजार रुपैयाँ तोकियो

सीता एअरले आज (बुधबार)देखि दाङ–काठमाण्डौ उडान गर्ने भएको छ । सीता एअरले दाङको टरिगाउँ विमानस्थलबाट आजदेखि नियमित उडान भर्न लागेको हो ।

सीता एअरले आफ्नाे जहाज भाडा घटाएको छ । भाडा महंगो भएको गुनासोपछि एक हजार रुपैयाँ भाडा घटाएर आठ हजार रुपैयाँ बनाइएको क्षेत्रीय निर्देशक विनोद मीश्रले जानकारी दिए । यसअघि ९ हजार रुपैयाँ भाडा तोकिएको थियो ।

अहिले उडान गर्दै आएको नेपाल वायुसेवा निगमको जहाजले ८ हजार आठ सयदेखि ९ हजार १० रुपैयाँ भाडा लिदै आइरहेको छ । सीता एअरले काठमाण्डौबाट दाङ १२ बजेर १० मिनेटमा र दाङबाट काठमाण्डौ १ बजेर ३० मिनेटमा उडान गर्नेछ .

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको