कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरेका हुन् । सिइओ छनोट समितिले सिइओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको नाम बैंक सञ्चालक समितिलाई सिफारिस गरेको थियो ।
छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट सञ्चालक समितिले गुरुङलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको हो । नवनियुक्त सीईओ गुरुङसँग देश तथा विदेशका बैंकङमा २६ वर्ष काम गरेको अनुभव रहेको छ ।
उहाँ यसअघि म्यान्माको म्यान्मा सिटिजन्स बैंकको प्रमुख कार्यकारीको भूमिकामा रहेका थिए । विदेशी बैंकको सिइओ बन्ने गुरुङ नै पहिलो नेपाली नागरिक हुन् । यसअघि उनी सिभिल बैंकको सिइओसमेत थिए । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस