Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, १४ : ०० मा प्रकाशित

सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले १ लाख ३४ हजार ७९४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । उक्त कम्पनीले ३ लाख ३८ हजार ९६० दशमलव ३६ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यसअघि पुस २७ गते ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको बाँकी शेयर अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याइएको हो ।

यो शेयरको न्यूनतम मूल्य रू. १६० तोकिएको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको