Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले भन्यो– ब्याजदर निर्धारण र परिवर्तन हुने सर्त बुझेर मात्रै कर्जा उपयोग गर्नू

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, १४ : ४३ मा प्रकाशित

राष्ट्र बैंकले भन्यो– ब्याजदर निर्धारण र परिवर्तन हुने सर्त बुझेर मात्रै कर्जा उपयोग गर्नू

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट स्थिर (फिक्स) ब्यादरमा मात्र कर्जा उपयोग गर्न सबैमा अपिल गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्नेतर्फ सचेत गराएको हो । 

राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।’ 

स्थिर ब्याजदरमा कर्जाको उपयोग गर्दा ब्याज रकम बढ्दैन भने निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ । जसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर नपार्ने केन्द्रीय बैंकको भनाइ रहेको छ । ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जाको उपयोग गर्न ऋणीलाई केन्द्रीय बैंकले आग्रह समेत गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको