मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ।
संस्थाको गत माघ १६ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५ % लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा ४.७५ % बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ % नगद लाभांश छन्।
प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको थियो। राष्ट्र बैंकले संस्थाको प्रस्तावित लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस