Like us!
Follow us!
Connect us!
Watch us!

ओलीद्वारा राष्ट्रपतिको उम्मेदवारमा माधव नेपालको नाम प्रस्ताव गरेको कुरा हल्ला मात्र: एकीकृत समाजवादी

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १६ : २८ मा प्रकाशित

ओलीद्वारा राष्ट्रपतिको उम्मेदवारमा माधव नेपालको नाम प्रस्ताव गरेको कुरा हल्ला मात्र: एकीकृत समाजवादी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवारमा माधव नेपालको नाम प्रस्ताव गरेको कुरा हल्ला मात्र भएको एकीकृत समाजवादीले स्पष्ट पारेको छ । पार्टी कार्यालय बानेश्वरमा आज (बुधबार) बसेको सचिवालय बैठकमा सदस्यहरूले राष्ट्रपतिको उम्मेदवार बन्न आएको प्रस्तावबारे नेपालसँग प्रश्न उठाएका थिए । जवाफमा नेपालले ओलीबाट आफूलाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव नगरेको स्पष्टिकरण दिए ।

बैठकको निर्णयबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता झलनाथ खनालले बहिर भएका चर्चा निराधार भएको स्पष्ट पारे । प्रतिक्रिया दिँदै नेता झलनाथ खनालले भने, ‘राष्ट्रपतिको उम्मेदवार बन्न हाम्रा अध्यक्षलाई प्रस्ताव आएको कुरा निराधार हो । यसमा कुनै सत्यता छैन ।’

भोलि प्रस्ताव आएको खण्डमा पुनः छलफल गर्न सकिने खनालले बताए । राष्ट्रपतिको पद र पार्टी एकीकरण जोडेर कुनै सहमति हुन नसक्ने उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको