Like us!
Follow us!
Connect us!
Watch us!
‘विवाहित महिलालाई व्यवसाय सञ्चालन गर्न निकै कठिन छ’

सुलभ सुबिधामा सामान उपलब्ध गराए ग्राहक बनाउन सकिनेमा ढुक्क छिन् रोजीना

भूमिका विष्ट

शुक्रबार, १२ फागुन २०७९, १७ : १६ मा प्रकाशित

सुलभ सुबिधामा सामान उपलब्ध गराए ग्राहक बनाउन सकिनेमा ढुक्क छिन् रोजीना

काठमाडौं महालक्ष्मी नगरपालिकाको संङ्खादेवीमा भर्खरै उपहार मार्ट खोलेकी रोजिना आफनो व्यवसायलाई राम्रो बनाउनतर्फ अग्रसर भएकी छिन् । 

काठमाडौंको डिल्लीबजार-३२ मा २०४८ असोज २२ मा जन्मेकी हुन् रोजिना पोखरेल । उनी आमा-बुबाकी एक्लो सान्तान हुन् । आमा-बुबाकी एक्ली छोरी भएकै कारण उनलाई हुर्काउँदै गर्दा उनका आमा-बुबाले समाजमा धेरै नै संर्घष गर्नुपरेको थियो । उनका बुबा-आमालाई छिमेक आफन्त सबैले एउटा कुरा भन्थे रे, तिम्रो पुस्ता कसरी अगाडी जान्छ । तर, यो समाजको कुरालाई उनका बुबा-आमाले नसुने झै गरी अगाडी बढे ।

रोजीनालाई राम्रो शिक्षा र सक्षम छोरी बनाउन संघर्ष गरे । आमा-बुबाको राम्रो अभिभावकत्व कै कारण उनी आज एक व्यवसायी हुन् पुगिन्। छोरी मान्छेले पनि छोरा सरह काम गर्न सक्छन् ,भन्ने कुरा उनले उनले आजका दिनमा प्रमाणित गरेकी छिन् ।  

२०६४ सालमा जोरपाटीस्थित् राई स्कुलबाट उनले एसएलसी पास गरेकी हुन् । सुकेधारास्थित् बागमती मोडेल कलेजबाट विज्ञानमा +२ गरिन्। विज्ञान पढेपछि उनले केही प्राबिधिक बिषय पढ्नु पर्ने थियो, तर परिवारको अवस्थालाई बुझेकी रोजिनाले प्राविधिक विषय पढ्ने इच्छा हुँदा हुँदै पनि स्नातक तहमा समाजशास्त्र अध्यन गरिन् । २०७१ सालमा डिल्लीबजारस्थित् कन्या क्याम्पसबाट स्नातक तह सकाइन् । त्यसबेला उनले बिजुली बजारमा रहेको ‘स्काइनेट कुरीयर’मा काम गरिन् । स्नातक तह सकाउन बित्तिकै उनले लुब संङ्खादेवीका लवकुमार थापासँग २०७१ सालमा विवाह गरिन् । विवाहपछि उनले ‘स्नातकोत्तर’ सकाइन् । त्यसपछि केही समय अरु कम्पनीहरुमा काम गरिन। अहिले आफुले नै व्यवसाय चलाउनुपर्छ, भनी उनले संङ्खादेवीमा उपहार मार्ट खोलिन् । 

उपहार मार्ट विशेषताहरु के-के हुन् ?

 हामीलाई चाहिने दैनिक उपभोग्य सामानहरु एउटै ठाउँमा उपलब्ध गराइन्छ । उपहार मार्ट आफनै फेसबुक पेज रहेको छ जसबाट मान्छेहरुले अनलाइन अडर पनि गर्न सक्छन् । अरु भन्दा होलसेल मूल्यमै सामान बिक्री गर्ने गरेका छौं । मार्टमा कार्ड सिस्टम, फेन-पे, अनलाईन डेलिभरी गराउने भएको हुँदा मोवाइलबाट पनि क्यास पेमेन्ट गर्न सकिन्छ । उक्त मार्टले आफ्नो सफ्टवेयर पनि सूचारु गरेको छ । सामानहरु उक्त सफ्टवेयर इन्ट्रि गरी नयाँ सदस्यलाई पछि गएर सामानहरुमा छुट दिईने समेत व्यवस्था गरिएको उनले बताइन् ।

फाइदाका अवस्था कस्तो देख्नु भएको छ ?

मान्छेहरुलाई अहिले डिपार्टमेन्ट स्टोरमा प्राय: सबैले सामानहरु महंगो भन्ने सोचेका हुन्छन्, त्यसैले हामीले अहिले यहाँ होल-सेल मूल्यमै सामान उपलब्ध गराइरहेको कुरा ग्राहकहरुलाई बुझाइरहेका छौ । र, त्यसका साथै हामी अहिले ग्राहक कसरी बनाउने भन्ने कुरामा बढी केन्द्रित छौँ । 

कतिको लगानीमा मार्ट खोलिएको हो ?

मार्ट दुई जना पार्टनर रहेका छौं । यसमा ३० लाखको लगानी रहेको छ । व्यवसाय सुरु गर्नुभन्दा पहिले मेरो एकजना भाउँछुसँग पनि व्यवसायबारे सल्लाह गरेको थिए । उनले पनि हुन्छ भनेपछि यसमा उहाँ र मेरो बराबर लगानी रहेको छ । 

कतिको च्यालेन्ज छ ?

लाखौंको लगानीमा खोलिएको व्यापारमा लगानी अनुसारको रकम उठाउन सकिँदैन् कि भन्ने डर छ । तर, अहिले हामीले ग्राहकलाई सुलभ सुबिधा दिईरहेकाले सहजै ग्राहक बनाउन सकिन्छ भन्नेमा म ढुक्क नै छु । अहिले दिनको २५ देखी ३० हजारसम्मको सेल्स भइरहेको छ ।

महिलालाई घरबाहिर काम गर्न कतिको सहज छ ?

विवाहित महिलालाई व्यवसाय सञ्चालन गर्न निकै कठिन छ, किनभने महिलाले पारिवारिक जिम्मेवारीका साथ साथै धेरै काम गर्नुपर्ने हुन्छ । जसमा परिवारको साथ सहयोग नभएसम्म महिलाले घर बाहिर काम गर्न सक्दैनन् । परिवारको साथ भयो भने काम गर्न सहज हुन्छ । काममा परिवारको साथको एकदमै ठूलो भूमिका रहन्छ । मलाई मेरो श्रीमानले साथ सहयोग गरेको हुँदा काम गर्न एकदमै सहज भएको छ। कतिपय महिलाहरु आफनो इच्छा हुँदा हुँदै पनि पारिवारिक बन्धनले गर्दा घरकै कमकाजमा सीमित हुने गरेको पनि मैलै देखेको छु । त्यसैले आफुले चाहेर मात्रै कुनै पनि काम हुँदैन अझ हामी विवाहित महिलालाई त घर परिवारको जिम्मेवारी सँगसँगै धेरै कामहरु पनि गर्नुपर्ने हुन्छ। जसकारण कतिपय महिलले घरपरिवारलाई मात्रै धेरै समय दिनुपर्ने हुन्छ । त्यो बेला परिवारका अन्य सदस्यहरुले यो कुरा बुझिदीनु पर्नेहुन्छ । र, महिला सहजै अगाडी बढ्न सक्छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको