Like us!
Follow us!
Connect us!
Watch us!

करारका कर्मचारी हटाउन अर्थ मन्त्रालयले माग्यो विवरण

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, १२ : ०३ मा प्रकाशित

करारका कर्मचारी हटाउन अर्थ मन्त्रालयले माग्यो विवरण

खर्च घटाउने उद्देश्यले सरकारले सबै निकायमा रहेका करारका कर्मचारी हटाउने तयारी गरेको छ । चालू आर्थिक वर्षको राजश्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको हो । 

साेही प्रयाेजनका लागि अर्थ मन्त्रालयले चिठ्ठी नै लेखेर सबै मन्त्रालय, आयोग, कार्यालय, बोर्ड, आयोजना र विभागमा करारमा कार्यरत रहेका कर्मचारीको विवरण मागेको छ । मन्त्रालयले फागुन ५ गते चिठ्ठी लेख्दै ७ दिनभित्र करारमा कार्यरत सबै कर्मचारीको विवरण उपलब्ध गराउन भनेको थियो ।

सोअनुसार हिजाे (फागुन ११ गते, बिहीबार) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायहरूलाई ३ दिनभित्र करारका कर्मचारी र ज्यालाधरिका कर्मचारीको विवरण पठाउन भनेको छ ।

 

63f858d5c54ce.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको