नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेकै राष्ट्रपति हुने अडानलाई दोहोर्याएका छन्। संसदको बैठकबाट बाहिरिने क्रममा उनले पुस १० गते नै एमालेको राष्ट्रपति हुने सहमति भइसकेको बताएका हुन् ।
संसदको बैठकबाट बाहिरिने क्रममा उनले भने, 'भोलि मनोनयन छ। पुस १० गते नै एमालेको उम्मेदवार टुंगो लगाइसक्यौं। अरु घटनाक्रम थाहा छैन ।'
उक्त प्रतिक्रियापछि ओली बालुवाटार लागेका थिए। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबिच वार्ता भइरहेको छ। आज साँझ पाँच बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल लगायतका दलको बैठक छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस