Like us!
Follow us!
Connect us!
Watch us!
आम आदमी पार्टीसँगै राष्ट्रपतिको उम्मेदवार कांग्रेसका वरिष्ठ नेता पौडेललाई समर्थन जनाउने दलको संख्या ९ पुग्यो

प्रभु साह पनि प्रचण्ड पथमा, राष्ट्रपतिमा रामचन्द्रलाई समर्थन गर्ने

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, ११ : २८ मा प्रकाशित

प्रभु साह पनि प्रचण्ड पथमा, राष्ट्रपतिमा रामचन्द्रलाई समर्थन गर्ने

प्रभु साह नेतृत्वको आम आदमी पार्टीले रामचन्द्र पौडेललाई समर्थन जनाउने भएको छ । पार्टीका प्रचार विभाग प्रमुख चन्द्रभूषण साहले हिजो (शनिबार) विज्ञप्ति जारी गर्दै राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने जनाएका हुन् ।

‘नेपालको राजनीतिमा विगतमा भए गरेका घटना परिघटना एवम् अभ्यासलाई दृष्टीगत गर्दै माननीय रामचन्द्र पौडेललाई हाम्रो पार्टी आम जनता पार्टीका समर्थन रहने विषय सबैमा सहर्ष जानकारी गराउन चाहान्छौं,’ प्रचार विभाग प्रमुख साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँ राष्ट्रिय एकताको प्रतीक बनि देश र जनताको सर्वोपरीहित बमोजिम आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने गहिरो अपेक्षा एवम् विश्वाससहित जितको अग्रिम बधाई एवम् शुभकामनासमेत व्यक्त गर्दछु ।’

आम आदमी पार्टीसँगै राष्ट्रपतिको उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई समर्थन जनाउने दलको संख्या ९ पुगेको छ । पौडेल कांग्रेससहित नेकपा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टीले समर्थन जनाउने यसअघि नै निर्णय लिइसकेका छन् ।  

उता नेकपा एमालेले भने नेता सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको