Like us!
Follow us!
Connect us!
Watch us!

आज बैंकको ऋण मुठ्ठीभर मान्छेकहाँ मात्र केन्द्रित छ, यसको अन्त्य हुनुपर्छः प्रभु साह

अर्थ संसार

आइतबार, १७ असार २०८०, १३ : ५९ मा प्रकाशित

आज बैंकको ऋण मुठ्ठीभर मान्छेकहाँ मात्र केन्द्रित छ, यसको अन्त्य हुनुपर्छः प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् सांसद प्रभु साहले केही मुठीभर मानिसहरूले मात्रै बैंकबाट ऋण पाउने अवस्था रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै साहले यस्तो बताएका हुन् ।

नेपाल राष्ट्र बैंकले काठमाडौं बाहिर कति पुँजी परिचालन गरेको हो? भनेर पनि उनले प्रश्न सोधेका छन् । उनले अहिले आम मान्छे बैंकबाट ऋण लिन नपाएर ठगिन विवश भएको दुखेसो पोखे । उनले अहिले मिटरब्याजको समस्या रहेको उल्लेख गर्दै अनुचित लेनदेन गर्न नहुने बताए । तर, अनुचित लेनदेनको गरेर मजबुरीको फाइदा उठाउने काम भएको भन्दै यसको लागि सरकारले गम्भीर पहल गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘मान्छे विवश भएर जानी जानी ठगिन बाध्य हुन्छ । ठगिने परिवेश कसले निर्माण गर्यो रु बैंकले पैसा दिए आम मानिस व्यक्तिकहाँ किन ठगिन जान्छ?’ उनले थपे, ‘देशको पूँजी सही ढंगले परिचालन नभई मुलुकको समृद्धि सम्भव छैन । मान्छे जानीजानी ठगिन बाध्य हुन्छ । ठगिने परिवेश कसले निर्माण ग¥यो ? बैंकले ऋण नदिने भएकाले मानिस जानीजानी धेरै ब्याज तिरेर व्यक्तिसँग ऋण लिन बाध्य छ । गरिबले बैंकबाट ऋण लिन पाउने अधिकार पनि छैन ? त्यसकारण गरिबलाई आत्महत्याका लागि प्रेरित गरिदिने, ठगिन विवश पारिएको छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको