Like us!
Follow us!
Connect us!
Watch us!

सबै सहकारी खत्तम भए भन्ने हल्लाको पछि नलागी त्यसको प्रवद्र्धनमा लाग्नुपर्ने मन्त्री राईको भनाइ

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १३ : ४२ मा प्रकाशित

सबै सहकारी खत्तम भए भन्ने हल्लाको पछि नलागी त्यसको प्रवद्र्धनमा लाग्नुपर्ने मन्त्री राईको भनाइ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवद्र्धनमा लाग्नुपर्ने बताएका छन्। आर्थिक मिडिया सञ्चालक सङ्घ(इमान)ले आज आयोजना गरेको ‘सहकारीको सङ्कट, कारण र समाधान’ विषयक छलफल कार्यक्रममा मन्त्री राईले यस्तो बताएका हुन्। 

सबै सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियमबमोजिम कारबाही गर्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा बोल्दै  उनले भने,’गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन्। तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ। समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ।’

मन्त्री राईले सरोकारवालाबाट प्राप्त हुने लिपिबद्ध सुझावका आधारमा आफूले मन्त्रीका रुपमा गर्नुपर्ने पहलमा हुनै कमी नहुने विश्वास दिलाए। समस्या समाधानका नाममा आयोग र कार्यदल गठन गरेर अल्मल्याउने काम आफूबाट नहुने उनको भनाइ थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको