Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा वैचारिक एवम् सैद्धान्तिक राजनीतिले एउटा गोरेटो लिनैपर्छः राजेन्द्र श्रेष्ठ

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, १० : ५७ मा प्रकाशित

नेपालमा वैचारिक एवम् सैद्धान्तिक राजनीतिले एउटा गोरेटो लिनैपर्छः राजेन्द्र श्रेष्ठ

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपालमा वैचारिक एवम् सैद्धान्तिक राजनीतिले एउटा गोरेटो लिनैपर्ने बताएका छन् । हिजो (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले भने,‘नेपालको राजनीतिमा सबैभन्दा दुःखद् कुरा अवसर र फाईदाको राजनीति धेरै हुँदै गयो । निर्वाचन अघि र पछि समिकरण फेरबदल हुने प्रक्रिया भए । वैचारिक र राजनीतिक रुपमा कसरी अघि बढ्नुपर्छ भन्ने बहस अझै जारी छ । लोकतन्त्रको आन्दोलन समय समयमा धरापमा पर्ने गरेको छ । ००७ सालमा आन्दोलन भयो, ०१७ मा धरापमा पर्यो । नेपालमा वैचारिक एवम् सैद्धान्तिक राजनीतिले एउटा गोरेटो लिनैपर्छ ।’

उनले निर्वाचनअघिको पाँच दलीय गठबन्धन भत्किनै लाग्दापनि आफू उक्त गठबन्धन जोगाउनुपर्ने पक्षमा उभिएको र त्यसको लागि निकै धेरै प्रयत्न गरेको स्मरण गराए । उनले भने,‘जुनबेला पाँच दलीय गठबन्धन भत्किँदै थियो, त्यो बेलामा पनि मैले गठबन्धनको सचिवालयको प्रतिनिधिको नाताले त्यो जोगाउनको लागि धेरै प्रयत्न गरेको थिएँ । उम्मेदवारी दर्ताको दिन पनि मैले पाँच दलीय गठबन्धनको अझै आवश्यकत्ता छ भनेर भनेको थिएँ । मैले नेपालमा राष्ट्रिय स्वाधिनता, संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन र सदाचार र गणतान्त्रमक व्यवस्था अझै सुदृढ गर्दै कार्यान्वयन गर्दै उपलब्धि हाासिल गर्ने अनि अपूर्णतालाई पूर्णता दिने, यो काम पूरा गर्नुपर्छ भनेको छु । पाँच दलीय गठबन्धन अघि बढाउने कुरामा म दृढतापूर्वक उभिएको थिएँ । भत्किएको बेलामा पनि म एक्लै उभिएको हुँ । अहिले पूरानो गठबन्धनकै जगमा उभिएर नयाँ समिकरण बनेको छ । पाँच दलको गठबन्धनको साझा न्यूनतम कार्यक्रम मैले पनि मस्यौदा गरेको थिएँ । त्यही मान्यतामा उभिएर अब अघि बढ्नुपर्छ ।’

संघीयता, धर्मनिरपेक्षता, संविधान र लोकतन्त्र जोगाएर जानको लागि सबैले गम्भीर भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । उनले भने,‘राष्ट्रपतिको निर्वाचन सँगसँगै नयाँ समिकरणमा अघि बढ्ने कुरा भएको छ । नेपालको राजनीतिलाई परिवर्तनको दिशामा अघि बढाउने कुरा भएको छ । त्यसको लागि नेकपा (माओवादी केन्द्र), जनता समाजावदी र एकीकृत समाजवादीबीच समाजवादी मोर्चाको पनि घोषणा हुँदैछ । हामी गृहकार्यमा छौं । तीन दलको समाजवादी मोर्चासँगसँगै, आठ दलको मोर्चा बनेको छ । अहिले यो सहकार्य राष्ट्रपतिको निर्वाचनसम्म सिमित छ । भविष्यमा कसरी यसलाई अघि बढाउने भन्नेबारे नयाँ ढंगले समेटेर जानुपर्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको